Line Khabar
सोमवार, मंसिर १६, २०८२ | December 1, 2025
  • होमपेज
  • एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : नेपाल उप विजेतामा सीमित

एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : नेपाल उप विजेतामा सीमित

एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : नेपाल उप विजेतामा सीमित

काठमाडौं, १५ मङ्सिर ०८२ । संयुक्त अरब इमिरेट्स (यूएई)मा अाज सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक यूएईले उपाधि चुमेको हो ।

फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५/२५ रनको योगदान गरे पनि जिताउन सकेनन् । यूएईका युग जै शर्मा र अली असगर शम्सले तीन/तीन विकेट हात पारे ।

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक यूएई ४५ दशमलव ५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एकरएक विकेट लिए ।

यसैबीच नेपाल र यूएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका