Line Khabar
सोमवार, मंसिर १६, २०८२ | December 1, 2025
  • होमपेज
  • कार्की सरकारलाई झट्का, भूमि आयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर

कार्की सरकारलाई झट्का, भूमि आयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर

कार्की सरकारलाई झट्का, भूमि आयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ, १५ मङ्सिर ०८२ । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ। याे फैसलाले सुशिला कार्की नेतृत्वकाे सरकारलाई एउटा झट्का लागेकाे छ ।

वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले २०८१ कात्तिकमा गठन गरेकाे भूमि अायाेग खारेज गरेकाे थियाे । मन्त्रिपरिषद्ले गत असोज २३ गते भूमि आयोग र यसका जिल्ला कार्यालय खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि सर्वोच्चले तत्काल खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। यसमा सर्वोच्चले आज फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका