Line Khabar
बिहिबार, मंसिर १९, २०८२ | December 4, 2025
  • होमपेज
  • प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ, १८ मङ्सिर ०८२ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका