Line Khabar
आइतवार, मंसिर २२, २०८२ | December 7, 2025
  • होमपेज
  • सिंहदरबारका क्षतिग्रस्त संरचनाप्रति पूर्व राष्ट्रपति भण्डारीको चासो, चाँडै पुनःनिर्माण हुने विश्वास

सिंहदरबारका क्षतिग्रस्त संरचनाप्रति पूर्व राष्ट्रपति भण्डारीको चासो, चाँडै पुनःनिर्माण हुने विश्वास

सिंहदरबारका क्षतिग्रस्त संरचनाप्रति पूर्व राष्ट्रपति भण्डारीको चासो, चाँडै पुनःनिर्माण हुने विश्वास
सिंहदरबारको अवलोकन गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत । तस्बिर सौजन्य: सञ्चारमन्त्रीको निजी सचिवालय

काठमाडौँ, २१ मङ्सिर ०८२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गर्नुभयो । उहाँले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराउनुभएको थियो । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका