Line Khabar
मङ्लबार, मंसिर २४, २०८२ | December 9, 2025
  • होमपेज
  • सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

विराटनगर किङ्स ७७ रनले पराजित

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौँ, २३ मङ्सिर ०८२ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा मात्र ७८ रनमा समेटियो । जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो ।

विराटनगरको उपाधि दौड भने टुङ्गिइसकेको छैन । आज पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ । सुदूरपश्चिम र दोस्रो क्वालिफायरको बिजेता उपाधिका लागि आगामी शनिवार आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली हो ।

आजको खेल सुदूरपश्चिमले एकपक्षिय बनायो । अघिल्लो पटक यी दुई टोलीको भेटमा विराटनगरले एकतर्फी जित निकालेको थियो। त्यो खेलमा विष्फोटक ब्याटिङ गरेको विराटनगर आज पहिलो ओभरबाटै ब्याटिङमा संघर्ष गर्न बाध्य भयो । पहिलो ओभरमा २ विकेट गुमाएपछि विराटनगरले कुनै समय खुलेर ब्याटिङ गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका