Line Khabar
मङ्लबार, मंसिर १७, २०८२ | December 2, 2025
  • होमपेज
  • साविक विजेता जनकपुरले पहिलाे जित निकाल्दा चितवनकाे तेस्रो हार
एनपीएल

साविक विजेता जनकपुरले पहिलाे जित निकाल्दा चितवनकाे तेस्रो हार

साविक विजेता जनकपुरले पहिलाे जित निकाल्दा चितवनकाे तेस्रो हार

काठमाडौं । ओपनर माज सदाकत र अनिलकुमार साहको अर्धशतकप्रेरित साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । सदाकत र अनिलले अर्धशतक बनाएपछि जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो ।

‎मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

‎जनकपुरको जितमा ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । उनले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अनिलकुमार साहले ६१ रन बनाए । अनिलले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा यी दुवै ब्याटरको यो पहिलो अर्धशतक हो ।

‎यी दुईले ५.१ ओभरमा ४५–१ को स्थितीबाट दोस्रो विकेटका निम्ति ११.२ ओभरसम्म ७९ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पूर्याएका थिए । 

‎अर्का ओपनर आसिफ सेखले १८ बलमा १८ रन जोडे । सादकतले पहिलो विकेटका निम्ति ५.१ ओभरमा आसिफसँग ४५ रनको साझेदारी गरेका थिए । मध्यक्रम ब्याटर जान निकोल लोफ्टी इटोनले ११ रन बनाए । आदीत्य महता १८ र सञ्जय कृष्णमुर्थी पाँच रनमा अविजित रहे ।

‎चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले समान एक विकेट लिए । चितवनले आठ बलर प्रयोग गरे पनि अरुले विकेट लिन सकेनन् ।

‎त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

‎चितवनका ओपनर मलानले सर्वाधिक ८० रन प्रहार गरे । उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । 

‎मलान र अर्जुन साउदले पहिलो विकेटका निम्ति १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो सुरुआत दिलाएका थिए ।

‎अर्धशतकीय इनिङ खेलेका अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । कप्तान कुशल मल्ले १२ बलमा २८ रन थपे । सैफ जैब सात र रवि बोपारा तीन रनमा पभेलियन फर्किए ।

‎जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक विकेट लिए । 

‎जितसँगै पाँच खेलबाट दुई अंक जोडेको जनकपुरले प्लेअफ पुग्ने गणीतिय सम्भावनालाई कायमै राखेको छ । जनकपुरले यसअघि पहिलो खेलमा काठमााण्डू गोर्खाजसँग पाँच विकेटको, दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।

‎यता, प्रतियोगितामा चितवनको भने यो तेस्रो हार हो । चितवले यसअघि पहिलो र तेस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सविरुद्ध क्रमशः चार र ४८ रनको जित निकालेको थियो । दोस्रो र चौथो खेलमा भने चितवन लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजसँग ६ र ५३ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका