Line Khabar
बिहिबार, मंसिर २६, २०८२ | December 11, 2025
  • होमपेज
  • फाइनल प्रवेशका लागि विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स

फाइनल प्रवेशका लागि विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स

फाइनल प्रवेशका लागि विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स

काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्ससामु लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ ।

विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार ब्यहोरेको थियो । यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजमाथि चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने यो खेल अपराह्न चार बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका