Line Khabar
बिहिबार, मंसिर २६, २०८२ | December 11, 2025
  • होमपेज
  • यस्तो छ सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सहमतिको मुख्य सारांस

यस्तो छ सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सहमतिको मुख्य सारांस

यस्तो छ सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सहमतिको मुख्य सारांस

काठमाडौँ, २४ मङ्सिर ०८२ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच आज भएको १० बुँदे सहमतिको मुख्य सारांश यस्तो छ :

१. शहीद र घाइतेका लागि सम्मान, न्याय र परिपूरण

शहीद घोषणा, राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगार र अर्थपूर्ण स्मृतीकरणका लागि उच्चस्तरीय कार्यदल।
२. भाद्र २३–२४ का घटनाको छानबिन र जवाफदेहिता

अत्यधिक बलप्रयोग, गैरन्यायिक हत्या, मानवअधिकार उल्लङ्घनको निष्पक्ष छानबिन।
आन्दोलनकारीमाथि लगाइएका मुद्दाको स्क्रिनिङ र आवश्यक परे फिर्ता।
३. राजनीतिकरनीतिगत भ्रष्टाचार र दलीयकरण अन्त्यका लागि आयोग

सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, सार्वजनिक संस्थाको दलीयकरण अन्त्य, अवैध ट्रस्टरकोषरजग्गा राष्ट्रियकरणको सिफारिस।
४. स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन

‘माथिका कसैलाई मतदान गर्दिन’ विकल्प, प्राइमरी इलेक्सन, प्रवासी नेपाली मताधिकार, अस्थायी बसोबासकर्ताका लागि मतदान सुविधा।
५. संविधान सुधारका लागि उच्चस्तरीय आयोग

सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रतिनिधित्व वृद्धि, दोहोरो कार्यकाल सीमा, न्यायालय र आयोगहरूमा सुधार।
६. समानुपातिक समावेशी प्रतिनिधित्व

महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, थारू, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत सबै समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित।
७. पारदर्शिता र जवाफदेहिता

सरकारी काम, निर्णय र खर्च सार्वजनिक गर्ने व्यवस्था।
विगतका सबै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक।
८. अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता

अनलाइन सेन्सरशिप हटाउने, डेटा सुरक्षा बलियो बनाउने, गैरकानुनी निगरानी रोक्ने कानुनी र प्राविधिक संरचना निर्माण।
९. जेन–जी परिषद् गठन

सुशासन, विकास, समावेशिता र सरकारी निर्णयमा जवाफदेहिता सुनिश्चित गर्न स्थायी नागरिक परिषद्।
१०. सम्झौता लागू र कार्यान्वयन प्रक्रिया

हस्ताक्षर मितिदेखि लागू, दुवै पक्षको सहमतिमा कार्यान्वयन, आवश्यक परे थप सम्झौता गर्न सकिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका