चितवन, २६ मङ्सिर ०८२ । नागढुङ्गा मलेखु सडकखण्ड आज शुक्रबार र भोलि शनिबारका लागि खुला गरिने भएको छ । नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटनमा आवतजावत गर्नेहरूको चापलाई मध्यनजर गरी सरकारले उक्त सडक खण्डमा दुई दिन आवतजावत खुला गर्ने निर्णय गरेको हो।
नागढुङ्गा मलेखु सडकखण्ड विहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति कार्य भइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । अाइतबारदेखि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिनुभएको छ । एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।