Line Khabar
मङ्लबार, मंसिर १७, २०८२ | December 2, 2025
  • होमपेज
  • प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बन्यो कर्णाली, पोखरा अझै दौडमा
एनपीएल

प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बन्यो कर्णाली, पोखरा अझै दौडमा

प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बन्यो कर्णाली, पोखरा अझै दौडमा

काठमाडौँ, १६ मङ्सिर ०८२ । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो ।

‎कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो । 

‎कर्णालीका ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोहोर्याउन सकेनन् । उनले ३४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे ।

‎नजिबुल्लाह जद्रानले १५ बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । पवन सर्राफले १९ र अर्का ओपनर प्रियांक पन्चालले १६ रन बनाए । कप्तान तथा मार्की सोमपाल कामीले १३ रन जोडे । दीपेन्द्र रावतले १० रन बनाए ।

‎पोखराका ऋषी धवन र धनञ्जय लक्षणले समानले समान तीन विकेट लिए । चार ओभरमा ऋषीले ३७ र धनञ्जयले ३१ न खर्चिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले समान एक विकेट लिए ।

‎त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । एनपीएलको दोस्रो संस्करणमा बनेको यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध नै सबैभन्दा ठूलो २२० रनको योगफल खडा गरेको थियो ।

‎पोखराका ओपनर रोसिङ्टनले अविजित १०८ रनको शतकीय इनिङ खेले । उनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । योसँगै रोसिङ्टन एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो ब्याटर बनेका छन् । उनीअघि यो सिजन कर्णालीकै वार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको शतकीय इनिङ खेलेका थिए । समग्र एनपीएलमा भने यो तेस्रो शतक हो । यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रियस गौसले शतक बनाएका थिए ।

‎३४–१ को स्थितीबाट रोसिङ्टनले दोस्रो विकेटका निम्ति जासन रोयसँग १२७ रनको शतकीय साझेदारी गर्दै पोखरालाई विशाल योगफलतर्फ डोहोर्याएका थिए । 

‎पोखराबाट पहिलो खेल खेलिरहेका रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रन बनाए । 

‎धनञ्जय लक्षण २३ रनमा अविजित रहँदा कप्तान कुशल भुर्तेलले १८ रन थपे ।

‎पोखराविरुद्ध सात बलर प्रयोग गरे पनि कर्णालीका नन्दन यादव र वार्क वाटले मात्रै विके निकाले । यी दुवैले समान एक विकेट लिए ।

‎प्रतियोगितामा पाँचौँ खेल खेलेको पोखराको यो दोस्रो जित हो । पहिलो खेलमा पोखराले विराटनगर किंग्सविरुद्ध ५३ रनको र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २५ रनको हार बेहोरेको थियो । तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको पोखराले चौथो खेलमा भने लुम्बिनी लायन्ससँग तीन विकेटको हार बेहोरेको थियो ।

‎प्रतियोगितामा छैटौँ खेल खेलेको कर्णालीको यो पाँचौँ हार हो । कर्णालीले यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको कर्णालीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको र पाँचौँ खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका