काठमाडौँ, ७ पुस ०८२ । नेपाली राजनीतिका दुई चर्चित पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन साहबीच आज भेटवार्ता भएको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको निवासमा भेटवार्ता भएको हो ।
बैठकमा रास्वपाका सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल पनि सहभागी थिए । त्यस्तै, बालेन शाहसहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए । भेटमा मुलुकको राजनीतिक अवस्था र भावि योजनाको विषयमा छलफल भएको बताइएको छ ।
जेलबाट रिहा भएलगत्तै रास्वपा सभापति लामिछानेले नयाँ शक्तिहरु एकाकार भएर अगाडि बढ्ने बताएका थिए ।