Line Khabar
बिहिबार, मंसिर १९, २०८२ | December 4, 2025
  • होमपेज
  • श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ७९ पुग्यो, तीन सय ५० अझै बेपत्ता

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ७९ पुग्यो, तीन सय ५० अझै बेपत्ता

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ७९ पुग्यो, तीन सय ५० अझै बेपत्ता

कोलम्बो । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।

यसैबीच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लगायतका आपूर्ति सहित आपत्कालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैङ्कले श्रीलङ्कालाई आपत्कालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका