Line Khabar
बिहिबार, मंसिर १९, २०८२ | December 4, 2025
  • होमपेज
  • चितवनलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा,विराटनगरको प्लेअफ यात्रा तय
एनपीएल

चितवनलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा,विराटनगरको प्लेअफ यात्रा तय

चितवनलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा,विराटनगरको प्लेअफ यात्रा तय

काठमाडौँ, १८ मङ्सिर ०८२। आफ्नो अपराजित यात्रा कायम राख्दै चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो । यो नतिजासँगै सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको । हालसम्म अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै प्लेअफमा पहिलो क्वालिफायर खेल्ने भएको हो । यो जितसँगै विराटनगरले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाएको छ । विराटनगरले ६ खेलबाट आठ अंक जोड्दै प्लेअफ यात्रा तय गरेको हो । योसँगै हालसम्म प्रतियोगिताको तीन प्लेअफ स्थानमा सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले स्थान बनाएका छन् । अब एक स्थानका निम्ति लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्न्तमा हुनेछन् । कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

चितवनका कुनै पनि ब्याटर सुदूरपश्चिमविरुद्ध खुलेर खेल्न सकेनन् । रवि बोपाराले सर्वाधिक २९ रन बनाए । यस्तै, देव खनालले २८, कप्तान कुशल मल्लले १५ र अर्जुन साउदले १६ रन थपे । बाँकी ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । चितवनका जर्ज स्क्रिमस गोल्डेन डक भए ।

चितवनलाई सस्तैमा रोक्न सुदूरपश्चिमका पुनित महराले तीन विकेट लिए । पुनितले २।१ ओभरमा १४ रनमात्र खर्चिए । दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । लिन १७औँ ओभरको समाप्तिसँगै ‘रिटायर्ड हर्ट’ भएका थिए ।

लिनले ९२–४ को स्थितीबाट आरिफ सेखसँग पाँचौँ विकेटका निम्ति ४५ रनको साझेदारी गरेका थिए ।

आरिफले १६ बलमा दुई चौका र एक छक्कासहित अविजित २६ रन थपे । ओपनर विनोद भण्डारीले १७ बल खेल्दा दुई चौका र एक छक्कासहित २१ रन बनाए । पुनित मेहराले १३ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ बलमा दुई चौकासहित २४ रनमा अविजित रहे ।

चितवनका सैफ जैबले दुई विकेट लिए । जर्ज स्क्रिमस र रञ्जित कुमारको नाममा एक–एक विकेट रह्यो ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका