Line Khabar
शुक्रबार, मंसिर २०, २०८२ | December 5, 2025
  • होमपेज
  • मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

जनकपुरधाम, १९ मङ्सिर ०८२ । मधेश प्रदेश प्रमुख प्रा.डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख डा कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई आज साँझ नियुक्त गर्नुभएको हो ।
त्यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् । यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका