Line Khabar
शुक्रबार, मंसिर २०, २०८२ | December 5, 2025
  • होमपेज
  • लुम्बिनीको जितसँगै प्लेअफ पुग्ने चार टिम पक्का, साविक विजेता जनकपुर बाहिरियो
एनपीएल

लुम्बिनीको जितसँगै प्लेअफ पुग्ने चार टिम पक्का, साविक विजेता जनकपुर बाहिरियो

लुम्बिनीको जितसँगै प्लेअफ पुग्ने चार टिम पक्का, साविक विजेता जनकपुर बाहिरियो

काठमाडौं, १९ मङ्सिर ०८२ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ ।

लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको थियो । प्रतियोगिताको लिग चरणबाट यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुनिश्चित गरेका थिए । हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको चुनौती भने लिग चरणबाटै समाप्त भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १३३ रनको मध्यम लक्ष्य लुम्बिनीले १९।१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३२ बमा दुई चौका र एक छक्का प्रहार गरे । डी‘एर्सी शर्टले २४ बलमा एक चौका र दुई छक्कासहित ३० रन जोडे । यी दुईले ०–१ को स्थितीबाट ६१ रनको साझेदारी गर्दै लुम्बिनीको शीर्ष क्रम सम्हालेका थिए ।

जेजे स्मिथले २१ रन थपे । निरोसान डिकवेलाले १७ रन बनाए । सुमित महर्जन र सन्दीप जोरा ‘गोल्डेन डक’ भए । दीलिप नाथ १५ रनमा अविजित रहे ।

जनकपुरका संगिथ कुरे र मयन यादवले दुई–दुई विकेट लिए । सञ्जय कृष्ण्मुर्थीले एक विकेट लिए । जनकपुरले लुम्बिनीविरुद्ध सात स्पिनर प्रयोग गरेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्र बनाएको थियो ।

जनकपुरका संगिथ कुरेले सर्वाधिक ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ८३–६ को स्थितीबाट कुरेले मयन यादवसँग सातौँ विकेटका निम्ति ४९ रनको साझेदारी गरे ।

मयनले २३ बलमा एक चौका र एक छक्कासहित २७ रन थपे ।

अर्का ओपनर आसिफ सेख पनि २० रनमा पभेलियन फर्किए । सञ्जय कृष्णमुर्थीले ११ बलमा एक छक्कासहित १४ रन जोडे । जनकपुरले माज सदाकतलाई ६ र अनिल साहलाई सात रनमा गुमाएको थियो ।

लुम्बिनीविरुद्ध कप्तानी जिम्मेवारीमा रहेका जान निकोल लोफ्टी इटोन गोल्डेन डक भए ।

लुम्बिनीका शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । जेजे स्मिथ र रुबेन ट्रम्पलमेनको नाममा समान एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका