काठमाडौँ, ७ पुस ०८२ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज देउवा निवास महाराजगन्जमा भेटवार्ता भएको छ ।
भेटमा उहाँहरूबिच समसामयिक विषय, प्रतिनिधि सभाको पुनर्स्थापना, सरकारको कामकारबाहीमा बारेमा छलफल भएको बताइएको छ ।
जेनजी आन्दोलनपछि देउवा र ओलीको यो दोस्रो भेट हो । भेटमा एमाले महासचिव शङ्कर पोखरेल र देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्यो ।