Line Khabar
मङ्लबार, पुस १५, २०८२ | December 30, 2025
  • होमपेज
  • अन्ततः रवि, बालेन र कुलमान एकै ठाउँमा, कुलमानलाई रवि पछिको बरियता

अन्ततः रवि, बालेन र कुलमान एकै ठाउँमा, कुलमानलाई रवि पछिको बरियता

अन्ततः रवि, बालेन र कुलमान एकै ठाउँमा, कुलमानलाई रवि पछिको बरियता

काठमाडौँ, १४ पुस ०८२ । नेपालको राष्ट्रिय राजनीतिमा चर्चाको शिखरमा रहेका तीन पात्र रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एकै ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच आज ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार कुलमानलाई उपसभापतिसहित रास्वपामा दोस्रो बरियता दिइएको छ।

त्यसपछि उपसभापतिमा डीपि अर्याल र डा.स्वर्णिम वाग्ले रहेका छन् । सहमतिअनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ।

सहमति पत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर एवं रास्वपा नेता बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

सहमतिमा रास्वपाको सभापति रवि लामिछाने रहने, चुनाव चिन्ह घण्टी रहने उल्लेख छ । त्यस्तै अब रास्वपामा तीन जना उपसभापति रहने छन् । सहमति अनुसार रास्वपाको उपसभापतिका कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन् ।

उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरुसँग जोड़दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्द जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ ।

ट्रेन्डिङ