काठमाडौँ, २ पुस ०८२ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।
हिजो साँझका लागि तय भएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहान ८ बजेलाई सारिएको थियो । मतदान सुरू हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।
मतदानका लागि विद्युतीय मेसिनहरु तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् ।