Line Khabar
आइतवार, मंसिर २९, २०८२ | December 14, 2025
  • होमपेज
  • बन्दसत्रअघि एमाले केन्द्रीय कमिटी बैठक शुरु
यो कार्यकालको अन्तिम बैठक

बन्दसत्रअघि एमाले केन्द्रीय कमिटी बैठक शुरु

बन्दसत्रअघि एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ, २८ मङ्सिर ०८२ । ११औँ राष्ट्रिय महाधिवेशनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यो कार्यकालको अन्तिम बैठक बन्दसत्रस्थल भृकुटीमण्डपमा शुरु भएको छ । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक र बन्द सत्रका कार्यक्रमहरूबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ ।

बिहान ९ बजेदेखि शुरु गर्ने भनिएको बन्दसत्रको तालिका दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबारदेखि शुरु भएको महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुँदैछ । पार्टीको मूल नेतृत्व फेर्ने कि पुरानैलाई निरन्तरता दिने भन्ने बहसकाबीच शुरु भएको एमालेको यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकोले निकै महत्त्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका