Line Khabar
आइतवार, मंसिर २९, २०८२ | December 14, 2025
  • होमपेज
  • एमालेले विरोधकाबीच विधान महाधिवेशनको निर्णय उल्ट्यायो

एमालेले विरोधकाबीच विधान महाधिवेशनको निर्णय उल्ट्यायो

एमालेले विरोधकाबीच विधान महाधिवेशनको निर्णय उल्ट्यायो

काठमाडौँ, २८ मङ्सिर ०८२ । नेकपा (एमाले)ले विरोधकाबीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ। केन्द्रीय कमिटीको आकार पुनः ३०१ सदस्यीय बनाइएको हो ।

विधान महाधिवेशनले पदाधिकारी १५ जना बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको नयाँ संरचना प्रस्ताव गरेका थिए ।

सोहीअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने व्यवस्था गरिएको छ। यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी यसअघि पनि ३०१ सदस्यीय नै थियो । तर गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । टुंगो लगाइसकेको विषय फेरि संशोधन गर्न खोजिएको भन्दै केन्द्रीय कमिटी बैठकमा विरोधसमेत भएको थियो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संख्या बढाउँदैमा पार्टीको क्षमता नबढ्ने बताए । उनले भने, ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन। बदलिएको परिस्थितिले त हामीलाई बदलिउ भनेर जबरजस्त सन्देश दिएको छ। के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन रु’

दुई कार्यकालको विषयमा पनि छलफल हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने रु अरु बाहेक हुने रु यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका