Line Khabar
शुक्रबार, पुस ४, २०८२ | December 19, 2025
  • होमपेज
  • सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ, ४ पुस ०८२ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूरमा उनलाई पक्राउ परेको हो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको दाबी गरिएको छ । अग्रवाल यसअघि साउन ५ गते पनि पक्राउ परेर छुटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका