चितवन, ४ पुस ०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतको आदेश अनुसार भैरहवाबाट रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात आज साँझ उनी रिहा भएका हुन् ।
लामिछाने भैरहवाबाट चितवन आउँदै गरेका रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिएका छन् । चितवनको भरतपुरमा भोलि स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गरेर साँझ काठमाडौँ फर्किने लामिछानेको कार्यक्रम छ । रविकी पत्नी निकिता पनि उनको साथमा छिन् । रवि तत्कालै पार्टीको जिम्मेवारीमा सक्रिय बन्ने रास्वपाका नेताहरुले बताएका छन् । रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रविसँगै छन् ।