Line Khabar
बिहिबार, पुस ३, २०८२ | December 18, 2025
  • होमपेज
  • नयाँ नेतृत्वको सपथसँगै समापन भयो एमालेको ११औँ महाधिवेशन

नयाँ नेतृत्वको सपथसँगै समापन भयो एमालेको ११औँ महाधिवेशन

नयाँ नेतृत्वको सपथसँगै समापन भयो एमालेको ११औँ महाधिवेशन

काठमाडौँ, ३ पुस ०८२ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै आज साँझ सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो ।

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका