Line Khabar
बिहिबार, पुस ३, २०८२ | December 18, 2025
  • होमपेज
  • आधा मत नगन्दै अध्यक्षमा ओलीको फराकिलो अग्रता, ओली प्यानलका अधिकांश अगाडि

आधा मत नगन्दै अध्यक्षमा ओलीको फराकिलो अग्रता, ओली प्यानलका अधिकांश अगाडि

आधा मत नगन्दै अध्यक्षमा ओलीको फराकिलो अग्रता, ओली प्यानलका अधिकांश अगाडि

काठमाडौँ, ३ पुस ०८२ । नेकपा (एमाले)को जारी मतगणनामा आधा मत गणना नहुँदै अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार ११३९ मत गणनामा ओलीले ८४३ र उनका प्रतिष्पर्धी इश्वर पोखरेलले २९६ मत पाएका छन् ।

त्यसैगरि, महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेल नै अगाडि छन् । तर उनलाई सुरेन्द्र पाण्डेले पछ्याइरहेका छन् । पोखरेलले ६१३ र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् । जारी मतगणनामा ओली प्यानलका अधिकांश उम्मेदवार अगाडि छन् ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको मतदानको महाधिवेशनस्थल भृकुटीमण्डपमा १० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए भने ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि बिहीबार विहानसम्म लगातार झण्डै २२ घण्टा मतदान भएको थियो । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका लागि ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । मतगणना सकिएपछि मतदान स्थल भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गरी महाधिवेशनको समापन गर्ने एमालेको तयारी छ ।

११३९ मत गन्दा पदाधिकारीले पाएको मत यस्तो छः

अध्यक्ष
केपी शर्मा ओली ८४३
ईश्वर पोखरेल २९६

उपाध्यक्ष
अरुण नेपाल २२३
गुरु प्रसाद बराल ५८५
गोकर्ण राज विष्ट ७१३
टकं प्रसाद कार्की १८६
पर्शुराम मेघि गुरुङ्ग ३३४
पृथ्वी सुब्बा गुरुङ ९००
भिम प्रसाद आचार्य १४३
रघुजी पन्त ६१७
रामबहादुर थापा बादल ७७४
विन्दा पाण्डे ४७४
विष्णु प्रसाद पौडेल ८४६

महासचिव
शंकर पोख्रेल ६१३
सुरेन्द्र प्रसाद पाण्डे ५२६

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल ३३४
योगेस भट्टराइ ७०९
रघुविर महासेठ ६८९
राजेन्द्र प्रसाद गौतम १४०
लेखराज भट्ट ७३४
विष्णु प्रसाद रिमाल ५४०
वैजनाथ चौधरी २७१

सचिव
अग्नि प्रसाद खरेल ३७७
इन्द्रलाल साप्कोटा २०९
कर्णबहादुर थापा ४४४
कृष्ण गोपाल श्रेष्ठ ३२५
खगराज अधिकारी स् ६८०
गोकुल प्रसाद बास्कोटा ५२८
छविलाल विश्वकर्मा ७६९
ठाकुर प्रसाद गैरे ४६२
पद्मा कुमारी अर्याल ७७८
पुर्सोतम पौडेल २३०
पेम्वा लामा २५५
भानुभक्त ढकाल ५५२
महेश बस्नेत ७८३
यमलाल कडेल ६२६
रचना खड्का ४५९
राजन भट्टराइ ५८१
लाल बाबु पण्डित ३९९
विनोद प्रसाद ढकाल ३५५
शेरधन राई ७६७
हिक्मत कुमार कार्की ६७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका