Line Khabar
बिहिबार, पुस ३, २०८२ | December 18, 2025
  • होमपेज
  • एमाले महाधिवशेनः राति १० बजेसम्म एक हजार २८२ मत खस्यो, बिहीबार विहानसम्म मतदान हुने

एमाले महाधिवशेनः राति १० बजेसम्म एक हजार २८२ मत खस्यो, बिहीबार विहानसम्म मतदान हुने

एमाले महाधिवशेनः राति १० बजेसम्म एक हजार २८२ मत खस्यो, बिहीबार विहानसम्म मतदान हुने

काठमाडौँ, २ पुस ०८२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा राति १० बजेसम्म एक हजार २८२ मत खसेको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा जारी भएको मतदानमा १० बजेसम्म एक हजार २८२ जनाले मतदान गरेका एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । बिहान साढे नौ बजेदेखि मतदान सुरू भएकोमा मतदान गर्नका लागि सरदर एक जनालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।

उहाँले राति १२ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । निर्वाचन आयोग उपाध्यक्ष पोखरेलले हालको अवस्थाअनुसार भोलि बिहीबार बिहान ८ बजेसम्म मतदान हुने अनुमान रहेको बताउनुभयो । “हाल मत हाल्न लाग्ने गरेको समयअनुसार भोलि बिहान ८ बजेसम्म मतदान हुने देखिन्छ”, उहाँले भन्नुभयो, “एक जनालाई सरदर २५ देखि ४० मिनेटसम्म मतदान गर्न समय लागेको छ ।”

आयोगले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरेको छ । टोकन लिएर बसेकालाई आयोगले बोलाएपछि मतदान गर्न जाने सुविधा छ ।

१९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ मतदाता प्रतिनिधि रहेका छन् । हाल मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएका छन् । मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुने आयोगका उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका