Line Khabar
सोमवार, मंसिर ३०, २०८२ | December 15, 2025
  • होमपेज
  • एमाले महाधिवेशन : ओली र इश्वर समूहबीच प्रतिष्पर्धा हुने, ओली पक्षले टुङ्ग्यायो उम्मेदवारको नामावली

एमाले महाधिवेशन : ओली र इश्वर समूहबीच प्रतिष्पर्धा हुने, ओली पक्षले टुङ्ग्यायो उम्मेदवारको नामावली

एमाले महाधिवेशन : ओली र इश्वर समूहबीच प्रतिष्पर्धा हुने, ओली पक्षले टुङ्ग्यायो उम्मेदवारको नामावली

काठमाडौँ, २९ मङ्सिर ०८२ । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूह दुई पक्ष स्पष्ट देखिनेगरिनै चुनावी प्रतिष्पर्धामा उत्रिने भएका हुन् ।

अध्यक्ष केपी ओली पक्षले आफ्नो समूहबाट पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गरेको छ। ओली आफै अध्यक्षको उम्मेद्वार हुनेछन् भने महासचिवमा पनि शंकर पोखरेललेनै उम्मेदवारी दिनेछन्।

त्यसैगरि, उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरुप्रसाद बराल, प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उम्मेद्वार हुनेछन् । यो समूहबाट उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उठ्ने भएका छन् । सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेत उम्मेद्वार हुने ओली पक्षले टुंगो लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका