Line Khabar
सोमवार, मंसिर ३०, २०८२ | December 15, 2025
  • होमपेज
  • नेकपा (एमाले)को ११ औं महाधिवेशन : आज उम्मेद्वारी दर्ता गरिदै, मतदान भोलि

नेकपा (एमाले)को ११ औं महाधिवेशन : आज उम्मेद्वारी दर्ता गरिदै, मतदान भोलि

नेकपा (एमाले)को ११ औं महाधिवेशन : आज उम्मेद्वारी दर्ता गरिदै, मतदान भोलि

काठमाडौँ, २९ मङ्सिर ०८२ । नेकपा (एमालेको) ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता गरिदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा आज बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।

आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने छ । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदैगर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’

उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारविरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वारविरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका