Line Khabar
सोमवार, मंसिर ३०, २०८२ | December 15, 2025
  • होमपेज
  • इश्वर पोखरेल टीमबाट महासचिवमा सुरेन्द्र पाण्डे

इश्वर पोखरेल टीमबाट महासचिवमा सुरेन्द्र पाण्डे

इश्वर पोखरेल टीमबाट महासचिवमा सुरेन्द्र पाण्डे

काठमाडौँ, २९ मङ्सिर ०८२ । नेकपा (एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले पनि लगभग आफ्नो टीम टुङ्गो लगाएको छ । यो समूहबाट शङ्कर पोखरेललाई टक्कर दिन सुरेन्द्र पाण्डेले महासचिवमा उम्मेद्वारी दिने भएका छन् ।

एमालेका सचिव रहेका पोखरेल पक्षधर योगेश भट्टराईले आफूहरूले प्यानल बनाएर उम्मेद्वारी नदिने बताएका छन् । तरपनि इश्वर पोखरेल समूहले स्पष्ट देखिनेगरिनै छुट्टै टीममा चुनाव लड्न लागेका हुन् ।

यो समूहबाट उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेद्वारी दिने तयारी छ । उपमहासचिवमा योगेश भट्टराईले उम्मेद्वारी दिँदैछन्। अर्का उपमहासचिवमा पुरुषोत्तम पौडेल वा अरुण नेपाल मध्ये एकजनाले उम्मेद्वारी दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका