काठमाडौँ, ३ पुस ०८२ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि बिजयी भएका छन् । ओलीले १६ सय ६३ मत पाउँदा उनका प्रतिष्पर्धी इश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन् ।
त्यस्तै, महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेल बिजयी भएका छन् । पोखरेलले १२२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
पदाधिकारीहरुमध्ये सबैभन्दा लोकप्रिय मत उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पाएका छन् । उनले १७३७ मत पाए । उपाध्यक्षमा विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् । त्यसैगरी, उपमहासचिवमा रघुवीर महासेठले १३६८ मत, लेखराज भट्टले १४५२ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भएका छन् । सचिवमा महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन् ।
पदाधिकारीले प्राप्त गरेको मतः
अध्यक्ष
केपी शर्मा ओली १६६३ (विजयी)
ईश्वर पोखरेल ५६४
उपाध्यक्ष (५)
पृथ्वी सुब्बा गुरुङ १७३७ (विजयी)
विष्णु प्रसाद पौडेल १६७५ (विजयी)
रामबहादुर थापा ‘बादल’ १५१६ (विजयी)
गोकर्ण राज विष्ट १३६८ (विजयी)
रघुजि पन्त १२५८ (विजयी)
गुरु बराल ११३७
बिन्दा पाण्डे ९२१
परशुराम मेघी गुरुङ ४६१
अरुण नेपाल ४३९
टंक प्रसाद कार्की ३५८
भीमप्रसाद आचार्य २६५
महासचिव (१)
शंकर पोखरेल १२२८ (विजयी)
सुरेन्द्र प्रसाद पाण्डे ९९९
उपमहासचिव (३)
लेखराज भट्ट १४५२ (विजयी)
रघुवीर महासेठ १३६८ (विजयी)
योगेश भट्टराई १३४८ (विजयी)
विष्णु प्रसाद रिमाल १०९१
आनन्द प्रसाद पोखरेल ६३५
वैजनाथ चौधरी ५१७
राजेन्द्र प्रसाद गौतम २७०
सचिव (९)
महेश बस्नेत १५४४ (विजयी)
पद्मा कुमारी अर्याल १५३० (विजयी)
छविलाल विश्वकर्मा १५०६ (विजयी)
शेरधन राई १५०३ (विजयी)
खगराज अधिकारी १२३१ (विजयी)
हिक्मत कुमार कार्की १३३७ (विजयी)
यमलाल कँडेल ११८५ (विजयी)
राजन भट्टराई ११८१ (विजयी)
भानुभक्त ढकाल ११०८ (विजयी)
गोकुल प्रसाद बास्कोटा १०३०
ठाकुर प्रसाद गैरे ८८३
रचना खड्का ८७७
कर्णबहादुर थापा ८४७
अग्नि प्रसाद खरेल ७१६
विनोद प्रसाद ढकाल ६८४
कृष्ण गोपाल श्रेष्ठ ६२५
पेम्बा लामा ४९३
लाल बाबु पण्डित ४९६
इन्द्रलाल साप्कोटा ४०५
पुरुषोत्तम पौडेल ४६२