काठमाडौँ, ३ पुस ०८२ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आज आदेश दिएको छ ।
न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालत रुपन्देहीले जमानत लिन गरेको अस्वीकारलाई बदर गर्दै लामिछानेलाई बैँक ग्यारेन्टी (धरौटी)मा थुनामुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
