काठमाडौँ, १ पुष ०८२ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान शुरु गर्न ढिला भइरहेकोमा इश्वर पोखरेल समूहले विरोध गरेको छ । पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ ।
सो समूहले चलखेलका कारण मतदानमा ढिलाइ भइरहेको भन्दै निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर तत्काल मतदान शुरु गर्न ध्यानाकर्षण गराएको नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको इश्वर पोखरेल समूहको आरोप छ। दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि सुरु हुन नसकेको अवस्थामा समूहले तत्काल प्रक्रिया अगाडि बढाउन दबाब बढाएको हो ।