काठमाडौँ, ५ पुस ०८२ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । आज काठमाडौंमा आयोजित नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता [...]